अर्घाखाँचीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा १७ जना,भुमिकास्थान नगरपालिकामा १ जना ,शितगंगा नगरपालिकामा ४ जना,मालारानी गाउँपालिकामा ३ जना र पाणिनी गाउँपालिकामा ६ जना गरि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सँगै कुल कोरोना संक्रमितको संख्या ३ हजार १३ पुगेको छ । यस्तै जिल्लाभरमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना मुक्त भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या २५ सय ९६ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ४८ रहेको छ ।यस्तै कोरोना संक्रमण बाट हाल सम्म जिल्लाभरमा मृत्यु हुनेको संख्या ६९ रहेको छ ।
कमेन्ट गर्नुहोस !