छत्रदेवको बजेट ६७ करोड ५१ लाख ७७ हजार सार्वजनिक ,कृषि र खानेपानीलाई पहिलो प्राथमिकता

अर्घाखाँची ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाल आर्थिक वर्ष २०७८/०७९ का लागि ६७ करोड ५१ लाख ७७ हजार बजेट बजेट सार्वजनिक गरेको छ ।गाउँपालिकाले कृषि र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर लिफ्टिङ खानेपानीको ३३ प्रतिशत विद्युत् महसुल गाउँपालिकाले तिरिदिने भएको छ । एक घर एक धारा’ अभियानलाई निरन्तरता दिँदै खानेपानीलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिनुभयो ।
गाउँपालिकाले बल्कोट अस्पताल र, स्वास्थ्यचौकी सामुदायिक स्वास्थ इकाईका सेवा प्रवाहलाई गुणस्तरिय बनाउने स्थानीयस्तरमा आय आर्जनको भर पर्दो स्रोत भएमा मात्र बसाइँसराइ कम हुन्छ भन्ने अनुभवबाट श्रमजीविहरूको सुरक्षा, रोजगारी सिर्जना, उद्यमशीलता विकास र आय आर्जनमा जोड दिने उपाध्यक्ष तुल्सा देवी श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै बाँदर, बँदेललाई नियन्त्रण गर्ने उद्देश्यले जङ्गलमा फलफूल खेती गर्ने र सामुदायिक वनमा बहुमूल्य जडीबुटी रोपन,’बालबालिकालाई विद्यालय पठाऊ, सिकाऊ र टिकाऊ’ अभियान लगायतका कार्यक्रम बजेटमा समावेश भएको
यस्तै गाउँपालिकाले स्थानीयस्तरमा आय आर्जनको भर पर्दो स्रोत भएमा मात्र बसाइँसराइ कम हुन्छ भन्ने अनुभवबाट श्रमजीविहरूको सुरक्षा, रोजगारी सिर्जना, उद्यमशीलता विकास र आय आर्जनमा जोड दिने लगायतका कार्यक्रममो लागि बजेटमा समावेश गरिएको बताईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close