अर्घाखाँचीमा एकै दिन ६४ जना कोरोना मुक्त ,थप २ जनामा पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये सन्धिखर्क नगरपालिकामा १ जना र पाणिनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै जिल्लामा कुल कोरोना संक्रमितकाृ संख्या २३ सय ९९ पुगेको छ भने गएको २४ घण्टामा जिल्लाभर बाट ६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भए सँगै हाल सम्म जिल्लाभरमा कोरोना मुक्त हुनेको संख्या २१ सय ७ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब सक्रिय संक्रमितको संख्या २स २९ रहेको छ । कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ६३ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close