लुम्बिनी प्रदेश सहित यी स्थानहरुमा भारी बर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज देशभर मनसुनी वायुको प्रभाव रहेकोले बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक, दुई स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।  यसैगरी, सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै  स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक,दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close