थप ४हजार ४ सय७२ जनामा कोरोना संक्रमण पुष्टि,६ हजार ९ सय ५१ जना सङ्क्रमणमुक्त

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार २ पीसीआर परीक्षणमा ३ हजार ३ सय७० जनामा र५ हजार ९सय१ एन्टिजेन परीक्षणमा १ हजार १सय२ जनामा कोरोना संक्रमण देखिएको हो। पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ४सय७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ६ हजार एक सय ५५ पुगेको छ ।

गएको २४ घण्टामा ६ हजार ९ सय ५१ जना सङ्क्रमणमुक्त भएसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या ४ लाख ९७ हजार नौ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९२ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७हजार ९सय ९० पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close