राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर लगाउने विद्यार्थी नेता पक्राउ

काठमाडौँ। संसद विघटनको विरोधमा प्रर्दशन गरेको अभियोगमा कांग्रेस निकट नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ पर्नुभएको छ । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य नवराज त्रिपाठी रहनुभएको छ ।त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेकोले पक्राउ गरेको प्रहरीले जनाएको छ । मध्यबानेश्वरको पिपलबोटबाट प्रहरीले पक्राउ गरेको हो । उहाँ लाई अहिले महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ ।
यता नेविसंघले पक्राउ परेका विधार्थी नेता त्रिपाठी लाई तत्काल निःसर्त रिहाइ गर्न माग गरेको छ ।
कमेन्ट गर्नुहोस !