अर्घाखाँचीमा २० जनाले कोरोना जिते,संक्रमित २ को मृत्यु

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा १० जना, शितगंगा नगरपालिकामा ६ जना,भुमिकास्थान गरपालिकामा २,मालारानी गाउँपालिकामा २ जना,पाणीनी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिका ५ जनामा कोरोना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न पालिका बाट २० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन ।अब जिल्लामा सक्रिया कोरोना संक्रमित संख्या ५ सय ६५ पुगेको छ ।हाल सम्मका कुल संक्रमित १४ सय७१ मध्ये ८ सय ६३ जना कोरोना जितेर डिस्चार्ज भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

जिल्लामा पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । जसमध्ये २ जना कोरोना संक्रमित र २ जना कोरोना संक्रमित नभएका  बिरामी पुरुषको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । जसमध्ये कोरोना संक्रमाण बाट शितगंगा नगरपालिका वडा नम्बर ४ का ६६ वर्षीय पुरुषको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने भुमिकास्थान नगरपालिकाका वडा नम्बर ९का ५६ वर्षिय पुरुषको अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकार विजय विकले जानकारी दिनुभयो ।यो सँगै हाल सम्म कोरोना पोजेटिभ बाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । यता जिल्ला अस्पतालमा पाणिनी गाउँपालिका वडा नम्बर ३ का दुर्गा बहादुर विश्वकर्मा र भुमिकास्थान नगरपालिका वडा नम्बर ९ का पदम बहादुर शाहको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close