लुम्बिनीमा जसपा बाट मन्त्री बनेका नेतालाई तत्काल निलम्बन गर्न माग

बुटवल ।लुम्बिनी प्रदेशमा आज मात्र सपथ लिएका ४ जना जनता समाजवादी पार्टीका मन्त्री लाई निलम्बन गर्न २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिनुभएका का विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गर्नुभएको छ ।लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण गराउनुभएको थियो । यसैगरी, राज्यमन्त्रीलाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री शंकर पोखरेलले सपथ खुवाउनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close