सन्धिखर्कमा अपराधिक उपद्र्व सम्बन्धि कसुरमा पक्राउ परेकाहरु छुटे

सागर महत,कार्तिक २०सन्धिखर्क ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अपराधिक उपद्र्व सम्बन्धि कसुरमा पक्राउ गरेका लाई आज छाडेको छ ।भुमिकास्थान नगरपालिका वडा नम्बर १ घर भई हाल सन्धिखर्कमा २ घोचेखोला बस्ने गुरुदेव खनाल,सन्धिखर्क २ बस्ने पुष्कर पौडे्ल यस्तै सन्धिखर्क २ कुर बस्ने चुरामणि ढुंगानालाई हिजो पक्राउ गरिएको थियो ।

उनीहरुलाई जिल्ला अदालत अर्घाखाँचीबाट जारी भएको अपराधिक उपद्र्व सम्बन्धि कसुरमा सन्धिखर्क २घोचे खोलाबाट पक्राउ गरिएको थियो ।यस बारेमा थप विवरण आउन बाकी रहेको छ ।




कमेन्ट गर्नुहोस !