अर्घाखाँचीःघरेलु कार्यालयको आयोजनामा पाणिनिमा सुन्तलाको जुस बनाउने तालिम सम्पन्न

अनिल नेपाली। अर्घाखाँचीको पाणिनी गाँउपालिका वडा नम्बर १,२,३ का अगुवा सुन्तला कृषकलाई १० दिने सुन्तला जुस उत्पादन तथा प्याकेजिङ्ग तालिमको जिल्ला समन्वय समितिका प्रमुख जिबनारायण कोईरालाले एक कार्यक्रमका बीचमा समापन गर्नुभएको छ । घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीको आयोजना पाणिनी गाँउपालिका वडा न १,२,३ को समन्वयमा सञ्चालित कार्यक्रमको सभापन गदै प्रमुख कोईरालाले तालिममा सिकेका सीपलाई व्यबहारमा लागु गरी उधोगी बन्न आग्रह गर्नुभयो ।

पाणिनी गाँउपालिका अध्यक्ष टेकराज न्यौपानेले तालिममा सिकेको सीपलाई व्यबहारमा लागु गरी उधमी बन्न आग्रह गदै गाँउपालिकाले सबै किसिमको सहयोग गर्ने बताउनुभयो। पाणिनी गाँउपालिकाका पुर्व अध्यक्ष अच्युत गौतमले आफुले सिकेको सीपलाई व्यबहारमा लागु गरी उधोगी बन्न आगं्रह गदै गाँउपालिकालाई सुन्तलाको जुसको रुपमा चिनाउनुपर्ने बताउदै त्यसका लागि सामुहिक तथा सहकारी बाट उत्पादन प्रक्रियाको थालनी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पाणिनी गाँउपालिका वडा न २ का अध्यक्ष चन्द्रकान्त पौडेल निमित्त कोष नियन्त्रणक राजु पाण्डे लगायतका बक्ताले मन्तब्य राख्दै आफुले सिकेको सीपलाई व्यबहारमा लागु गरी उधमी बन्नुपर्ने बताउनुभएको थियो ।
१० दिन सम्म चलेको तालिममा सुन्तलाबाट जुस, शुद्ध जुस, क्यान्डी, जाम बनाउन सिकेको प्रशिक्षार्थी केशब बन्जाडेले बताउनुभएको थियो । सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको पणेना पोखराथोक खिदिम लगायतका ठाँउमा आवश्यकताका आधारमा जुस उत्पादन तालिम सञ्चालन गरिएको तालिममा ३० जना अगुबा सुन्तला कृषकको सहभागीता रहेको सहभागीले अहिले जुस उत्पादन गर्ने तालिम सिकेको घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले बताउनुभयो । कार्यक्रम प्रमुख खनालको अध्यक्षता कम्युप्टर अपरेटर हुम ब विकको सञ्चालनमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी सुरक्षाकर्मी समाजसेबी लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close