अर्घाखाँची छत्रदेवमा गाडी दुर्घटना हुँदा २जना गम्भीर घाइते

सन्धिखर्क ,कार्तिक ०८ ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ५ डाँडाचौपारीमा फोर्स गाडी दुर्घटना हुँदा ९जना घाइते भएका छ्न।दुर्घटनामा परि २जना गम्भीर घाइते भएका छन भने ७जना सामन्य घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
छत्रगंजदेखि सन्धीखर्क तर्फ आउँदै गरेको लु १ज ४३५२ नम्बरको फोर्स जीप पल्टिएर दुर्घटना हुँदा चालक पाणिनी गाउँपालिका ८ पाली वस्ने २७ बर्षिय वेल बहादुर मुखिया र मालारानी गाउँपालिका १ का ७०बर्षिय भोजराज भुसाल गम्भीर घाइते भएका छ्न।
उनिहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा सामन्य उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ। दुर्घटनामा घाइते अन्य ७ जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी झलक शर्माले जानकारी दिनुभयो ।
दुर्घटनामा सामन्य घाइते हुनेमा छत्रदेव ७ कि कमला देवी पाण्डे ,मालारानी १ कि रिमा भुषाल, सिता भुसाल,रुपन्देही बुटवल १६ रानीगंज कि कमला सुवेदी ,मालारानी ७ कि पुजा पाण्डे ,पुजा पाण्डेको छोरी बर्ष २ कि पवित्रा पाण्डे र छत्रदेव गाउँपालिका ५ डाडाँचौपारी वस्ने वर्ष २३ कि अञ्जना रसाइली घाइते हुनुभएको हो ।




कमेन्ट गर्नुहोस !