अर्घाखाँचीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा १४ जना,भुमिकास्थान नगरपालिकामा ७ जना,पाणिनी गाउँपालिकामा २ जना र छत्रदेव गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १७ सय ४४ पुगेको छ भने कोरोना निको भएर हाल सम्म ९ सय ४१ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब जिल्लामा सक्रिय कोरोना संक्रमित संख्या ७ सय ६० पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टमा कोरोना संक्रमण बाट जिल्ला मा कसैको मृत्यु नभएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।जिल्लामा कोरोना बाट हाल सम्म मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close