अर्घाखाँचीमा पनि देउसी— भैलोको चलपहल सुरु

सन्धिखर्क,कार्तिक ०५ ।अर्घाखाँची सहित देशका अधिकांश ठाँउमा तिहारको रौनक मंगलबारबाट सुरु भएको छ। तिहार पर्वको आगमनसँगै सदरमुकाम सन्धिखर्क र गाउँघरमा देउसी— भैलो नाचको रौनक सुरु भएको हो।


जिल्लामा देउसी भैलो तथा साँस्कृतिक नृत्यसहित तिहार पर्वको रौनकता छाएको हो। तिहार पर्वलाई रमाइलो बनाउन विभिन्न क्लब, समूह र सङ्घ संस्थाले देउसी, भैलो कार्यक्रम सुरु गरेका हुन्। साँस्कृतिक नृत्य गर्दा लगाउने पोसाक साथै मौलिक भेषभूषा समेतमा सजिएर देउसी— भैलो कार्यक्रम सुरु गरिएको छ।पछिल्लो समय तिहारमा नाचिने देउसी— भैलो नाच,खेली नाच र सोरठी नाचको लोप हुन लागेको भन्दै केहि ठाँउमा पाका पुस्ता मिली त्यसको संरक्षणमा जुटेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close