आईसीसी टी–२० विश्वकप एशियामा नेपालले कुवेतलाई हरायो

काठमाण्डौ ,असोज २३।आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई हराएको छ । नेपालले कुवेतलाई ५८ रनले हराएको हो ।
नेपालले दिएको एक सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर एक बलमा ८३ रनमा अलआउट भयो ।
त्यसअघि ओमानमा टस हारेर ब्याटिङ गरेको नेपालले सात विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।
कमेन्ट गर्नुहोस !