विपत तयारी पूर्व अभ्यास सन्धिखर्क ग्रीन इङलिस बोर्डिङ सम्पन्न

रुद्रमणि भुसाल,साउन २४ ।नेपाली सेना वीर भद्रजङ्ग गुल्म अर्घाखाँचीले विपत तयारी पूर्व अभ्यास तथा न्युनिकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम आज सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको सन्धिखर्क ग्रीन इङलिस बोर्डिङमा सम्पन्न गरेको छ ।
कार्यक्रममा वीरभद्र जंग गुल्म अर्घाखाँचीका सेनानी प्रमुख रिक्कि पाण्डेले भूकम्प ,आगलागी, बाढी पहिरो जस्ता घटनामा सबैभन्दा पहिला समुदाय नै पर्ने भएका कारणले त्यसबाट बच्न के कस्ता उपायहरू अपनाउन सकिन्छ , यदि विपतमा परिहाले पहिला आफू सुरक्षित रहँदै आफ्नो टोल छिमेक र समुदायलाई समेतकसरि सहयोग गर्न सकिन्छ भन्ने विषयमा ग्रीन इङ्ग्लिस बोर्डिङका विद्यार्थी अभिभावकहरूलाई आज प्रशिक्षण प्रदान गरेको जानकारी दिनुभयो ।
चुत्राबेसीमा भएको कार्यक्रममा विपतको समयमा उद्धार गर्ने क्रममा प्रयोग गरिने विभिन्न सामग्रीहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो। विपत प्रतिकार्य योजना कार्यक्रममा वीरभद्र गुल्म अर्घाखाँचीका सेनानी बिक्की पाण्डे , ग्रीन इङ्लिस बोर्डिङका व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भुसाल, बोर्डिङका प्रिन्सिपल टेकबहादुर थापा, सहायक प्रिन्सिपल नारायण भुसाल, पत्रकार अभिभावक विद्यार्थी लगायतको सहभागी रेहको थियो ।
कमेन्ट गर्नुहोस !