घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा बजार अनुगमन ,अखाद्य वस्तु बरामद

सागर महत/ अर्घाखाँची ।
घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा बजार अनुगमन गरिएको छ । जसअन्तर्गत सन्धिखर्क नगरपालिका वडा नम्बर १ को शान्ती बगौंचा, मिडिया चोक ,बैंक रोड,र गुन्टे खोलामा गरि करिव २५ वटा पसल अनुगमन गरिएको घरेलु कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अनुगमनको क्रममा पसलहरुबाट म्याद खुज्रिएका अखाद्य वस्तु बरामद गरिएको छ ।डियु लगायतका पेय पदार्थ ५० लिटर,बेसार १३ केजी,भोला ६ प्याकेट,चुरोट ,सुजी लगायतका म्याद खुज्रिएका अखाद्य सामग्री बरामत गरिएको घरेलु कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो ।


यस्तै पछिल्लो समय बजारमा आएको तेज तेलमा फिज उठने, गनाउने, लगायतका समस्या आएको भन्दै उपभोक्ताकोे गुनासो आएकोले व्यापारीहरु लाई तेल खरिद गर्दा सचेत भएर खरिद गर्न आग्रह गरिएको छ ।यस्तै प्रशासन कार्यालयमा तेलको मापदण्ड परिक्षण गर्नको लागि विभिन्न पसल बाट तेलको सेयमपल समेत जम्मा गरिएको खनालले बताउनुभयो ।

 


साथै अनुगमनका क्रममा पुँजी धेरै भएपनि कम पुँजि देखाउने पसललाई पुँजी वृद्वी गर्न भनिएको छ भने ,पसलको बोर्ड र मुल्यसुची नराखेका लाई राख्न आग्रह गरिएको कार्यालयका सुचना अधिकारी लक्ष्मी प्रसाद दाहालले बताउनुभयो ।अनुगमनमा बरामद भएका ती सामाग्रीलाई प्रशासनको नियम अनुसार नष्ट गर्ने दाहालले बताउनुभयो ।अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि पोमनारायण कुँवर,चेम्बर अफ कमर्शका महेन्द्र सेजुहाल राष्ट्रिय अनुसन्धानका तेजविक्रम धामी, प्रहरी छोटेलाल गुप्ता पत्रकार सागर महत लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close