कपिलवस्तुमा बस दुर्घटना २९ घाइते

कपिलबस्तु। काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। काठमाडौंदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो।
लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुदांली बताउनुभयो ।
गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक चुदांलीको भनाइ छ।
कमेन्ट गर्नुहोस !