अर्घाखाँची छत्रदेवमा बजार अनुगमन , झन्डै २० हजार बराबरको सामान जफत गरी नष्ट

रुद्रमणि भुसाल ,असार ०२ अर्घाखाँची।
जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त आयोजनामा आज अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको अर्घातोस र भगवतीका विभिन्न पसल अनुगमन गरी उपभोग गर्न नमिल्ने र म्याद नाघेका झण्डै २० हजार बराबरको सामान जफत गरि नष्ट गरिएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिनुभयो । अर्घातोषका विभिन्न किराना तथा फलफुल पसलहरूमा अनुगमन गर्दा अखाद्य मिठाई ,चाउचाउ, सुजी, चिजबल लगायतको सामानको म्याद गुर्जेका वस्तुहरू जफत गरी नष्ट गरिएको हो।

अर्घाखाँची जिल्लामा पछिल्लो समय ग्रामीण क्षेत्रका पसलहरूमा पनि नियमित रूपमा अनुगमन गर्न थालिएपछि अहिले उपभोक्ताहरुमा केही सचेतना जागेको र पसलहरूले पनि म्यादगुर्जेका सामग्रीहरू छुट्टाएर राख्न थालेको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीकी प्रमुख दुर्गा न्यौपानेले बताउनुभयो । अनुगमनको क्रममा उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स ,जिल्ला प्रहरी कार्यालय नेपाल पत्रकार महासंघ लगायतको रोहवरमा गरिएको अनुगमनमा केही पसलहरूले पुँजी कम देखाएको र केहीले होल्डिङ बोर्ड नराखेको र दर्ता नगरी सञ्चालन गरेकाले सात दिनभित्र दर्ता गरेर सञ्चालन गर्न आग्रह समेत गरिएको छ । केही किराना पसलहरूले नियम विपरीत दर्ता नगरी मासुपसल किराना फेन्सी एउटै पसलमा सञ्चालन गरेकोले पसल गर्ने नै भए छुट्टाछुट्टै काउन्टर राखेर सञ्चालन गर्न भनिएको घरेलु तथा साना उद्योगका कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो ।

अनुगमनको क्रममा उद्योग वाणिज्य सङ्घका जिल्ला कोषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष अशोक कुमार श्रेष्ठ पत्रकार महासंघका जिल्ला उपाध्यक्ष रुद्रमणि भुसाल, नयाँ नेपाल एग्रोभेटका प्रोप्राइटर युवराज पौडेल, छत्रदेव गाउँपालिकाका उद्योग शाखाका प्रमुख कृष्ण पन्थी ,घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी हुमबहादुर बिक, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि लगायतको उपस्थितिमा अनुगमन गरिएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close