छत्रदेव पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

छत्रदेव ,जेठ ३० ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा तथा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ ।
गाउँपालिकाको आथिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता निर्देशिका¸ २०७१ (तेश्रो) संस्करणले निर्दिष्ट गरेका सम्पूर्ण प्रक्रिया पुरा गरी गाउँपालिकाका सबै वडा तथा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अथिती जिवनारायण कोइरालाले पुर्ण खोप सुनिश्चितताले सबै बालबालिकाले खोप लगाउने अवसर प्राप्त गरेको बताउनुभयो। गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ ,उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले।खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो । गाउँपालिका भित्र रहेका ८ वटै वडाले यो अभियान सफल बनाउन महत्वपुर्ण भुमिका खेलेको छत्रदेव गाउँपालिका वडा नम्बर ६ का कमल पौडे्लको भनाइ छ ।
कमेन्ट गर्नुहोस !