शितगंगामा नागरिकको सेवालाई प्रभावकारी बनाउन वडामा घुम्ती शिविर संचान

सागर महत जेठ २३,अर्घाखाँची ।अर्घाखाँचीको शितगंगा नगरपालिका को आयोजनामा एकदिने घुम्ती सेवा शिविर तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमा बोल्दै शितगंगा ११को टिक्करीमा स्थानीय जनताको सेवा प्रवाहलाई सहज, प्रभावकारी र पारदर्शी बनाउन उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगर प्रमुख छविलाल पौडेलले बताउनुभयो।
नगरपालिका मा सबै भन्दा भुगोलले पछाडि परेको वडामा नागरिकको आवश्यकता आधारमा कार्यक्रम गरिएको उहाँको भनाइ छ।स्थानीय सरकार सबै भन्दा जनताको नजिकको सरकार भएकाले आफुहरु जनताको सेवामा आफुले सक्दो सेवामा दिन कमी हुन नदिने बताउनुभयो।
उपप्रमुख गिता भाटले ईलाका प्रशासन कार्यालय यहाँ नहुदा नागरिकले सदरमुकाम जाँदा धेरै समय खर्चिन परेको बताउनुभयो।यो समस्या यहाँका नागरिकको प्रमुख रहेको उहाँको भनाइ छ।यस्तै नागरिकको सेवामा आफुहरु रहेकाले गुनासा सुन्न टोल स्तरमा पनि पुग्ने गरेको बताउनुभयो।
आयोजित उक्त कार्यक्रममा विभिन्न शाखाहरूबाट प्रत्यक्ष सेवा प्रदान गरिएको थियो।
शिविरमा नागरिकताको सिफारिस ,जन्म, मृत्यु, विवाह तथा बसोबास प्रमाणपत्र, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य परिक्षण तथा नि:शुल्क औषधि वितरण , कृषि तथा पशुपालनसम्बन्धी सेवा, कर सम्बन्धी जानकारी तथा अन्य प्रशासनिक सेवाहरू प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जिसीको भनाइ छ।
कार्यक्रममा वडा नम्बर ११का वडा अध्यक्ष नवराज भुसार र वडा नम्बर १२का वडा अध्यक्ष चोप बहादुर घमले वडामा उठेका विषय बस्तु माथि प्रकाश पार्नुभएको हो।कार्यक्रम शितगंगा नगरपालिका योजना शाखा प्रमुख नुमलाल खनालको संचालनमा सम्पन्न भएको हो।
सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत स्थानीय जनताले आफना गुनासा, सुझाव तथा मागहरू प्रत्यक्ष रूपमा राख्ने अवसर पाएका थिए। सेवाग्राहीहरूले नगरपालिकाबाट पाइने सेवाको गुणस्तर, पहुँच, र पारदर्शिताबारे प्रतिक्रिया व्यक्त गरेका थिए।
कार्यक्रम वर्षा मिडिया नेटवर्क अर्घाखाँचीले सहजीकरण गरेको हो।
कमेन्ट गर्नुहोस !