अर्घाखाँचीमा सबै भन्दा बेरुजु पाणिनिमा कम र सन्धिखर्कमा बढी(अन्यमा के पुरा विवरण सहित)

सन्धिखर्क ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार अर्घाखाँचीमा ५ करोड १ लाख २३ हजार रुपैयाँमा बेरुजु देखिएको छ । जिल्लाका ६ वटा स्थानीय तहमध्ये सबै भन्दा कम पाणिनि गाउँपालिकामा १५ लाख ३५ हजार रुपैयाँ र सबै भन्दा बढी सन्धिखर्क नगरपालिकामा १ करोड ९२ लाख ७९ हजार बेरुजु देखिएको हो ।


यस्तै शितगंगा नगरपालिकामा १ करोड २ लाख ५७ हजार ,भुमिकास्थान नगरपालिकामा ३१ लाख ११ हजार, छत्रदेव गाउँपालिकामा ५१ लाख ४५हजार र मालारानी गाउँपालिकामा १ करोड ७ लाख ९६ हजार रुपँया बेरुजु देखिएको छ ।
महालेखाको प्रतिवेदन अनुसार, प्रचलित कानुनअनुसार गर्नुपर्ने तरिका नअपनाई कारोबार गरिनु, लेखा विवरण नपेश हुनु, खर्च अनियमित वा बेमेल हुनु जस्ता विषयहरूलाई ‘बेरुजु’ को रूपमा लिइन्छ।

प्रतिशतका हिसावले

प्रथम: पाणिनी गाउँपालिका कुल बजेटमा ०.११% बेरुजु

द्वितीय: भूमिकास्थान नगरपालिका कुल बजेटमा ०.१९% बेरुजु
तृतीय: छत्रदेव गाउँपालिका कुल बजेटमा ०.३७% बेरुजु
चौथो: शीतगङ्गा नगरपालिका कुल बजेटमा ०.५३% बेरुजु
पाचौं: मालारानी गाउँपालिका कुल बजेटमा ०.७१% बेरुजु
छैठौं: सन्धिखर्क नगरपालिका कुल बजेटमा ०.९१% बेरुजु

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close