गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु

गुल्मी ।गुल्मीमा आगो ताप्ने क्रममा जलेर १जनाको मृत्यु भएको छ।धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्ला निवासी ८०वर्षीय इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले जानकारी दिनुभयो।
गएराती आफ्नै घरमा आगो ताप्ने क्रममा आगोले जलेको बताएको छ । आगोले जली दाजुको मृत्यु भएको खबर भाई टेकराज गिरीले प्रहरीलाई खबर गराउनुभएको थियो।
घटनाको खबर प्राप्त भएलगत्तै प्रहरी सहायक निरीक्षक तिलक नेपालीको कमाण्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो ।
मृतक गिरीको घर परिवारमा उनी र भाइ मात्र रहेको प्रहरी श्रोतले जनाएको छ।
कमेन्ट गर्नुहोस !