रैथाने बालीको संमरक्षण गर्न जरुरी छःसांसद घिमिरे

रुद्रमणि भुसाल,सन्धिखर्क ।स्वास्थ्य जीबन र पर्यावरणका लागि कृषि जैबिक विविधता कृषि आनुवंशिक विविधता पहिचान र उपयोगिताका लागि डाटाबेश भन्ने मुख्य नाराका साथ तेसो राष्ट्रिय कृषि जैबिक विविधता सप्ताह कार्यक्रम अन्तरगत कृषि जैबिक विविधता सम्बन्धि अन्तरक्रिया कार्यक्रम भुमिकास्थान नगरपालिकाको वार्ड नम्बर ९ ढिकुरामा सम्पन्न भएको छ ।

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र जीन बैक खुमलटारको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सांसद रामजी प्रसाद घिमिरेले रैथाने बालीको संरक्षण गर्नको लागि प्रदेश सरकार तयार रहेको बताउनु भएको छ । उहाले नेपालमा २३ हजार प्रकारका रैथाने बाली रहेकाले त्यसलाई लोप हुन नदिन सबै सचेत हुनुपर्ने बताउनु भयो ।


कार्यक्रममा भुमिकास्थान नगरपालिका प्रमुख झबिलाल थापाले कृषकहरुले उत्पादनमा बृद्धि गर्न आफुखुसी हाइबेट बिउको प्रयोग ब्यापक बनाएकाले त्यसले भबिस्यमा पार्ने असरका बारेमा सचेतनाका कार्यक्रम दुरदराजका कृषकहरुलाई दिन जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा कृषि ज्ञानकेन्द्रका प्रमुख बुद्धिराज घिमिरे ,भुमिकास्थान नगरपालिका कृषि शाखा प्रमुख राम बहादुर थापा , रैेथाने बाली बिज्ञ बालकृष्ण जोसी , नेपाल पत्रकार महासघंका लुम्बिनी प्रदेश सदस्य हिम बहादुर जिसी लेकाली ,धर्मराज पौडेल , समाजसेबी प्रेम गैरे , मोतीराज भट्टराई , राम प्रसाद भुसाल , पुर्ब वडा अध्यक्ष नारायाण खनाल ,स्थानिय कृषक पावर्ता सारु , बलराम घिमिरे लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रम वडा अध्यक्ष खेमराज चुदालीको अध्यक्षता डा .मुकुन्द भट्टराईको संचालनमा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close