संघीयता विरुद्द राष्ट्रिय जनमोर्चाले आन्दोलन गर्छ:महासचिव भट्ट

सागर महत,सन्धिखर्क।राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने भएको छ।आउदो चैत्र २४गतेबाट ३०गते सम्म एक हप्ताको आन्दोलन गर्ने घोषणा गरेको छ।
आज अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले यस्तो बताउनुभएको हो।
जसको पुर्व सन्ध्यामा पालिका जिल्ला तहबाट संघीयता विरुद्ध कार्यक्रमको लागि विभिन्न संघर्ष समिति बनाउने भएको छ। ती समितिमा आबद्ध पदाधिकारीलाई आन्दोलनको कार्यक्रममा सहभागी गराउने बताउनुभयो ।
संघीय प्रणाली झन्डै एकदशक अनुभव र व्यवहारिक अभ्यास बाट पनि संघीयता नेपालका लागि उपयुक्त नभएको स्पष्ट भएको बताउनु भएको छ।प्रदेश तहले खर्चको भार धेरै बढाएको हो।प्रदेश तह खारेज गरेमा पनि देशलाई आर्थिक भार कम हुने बताउनुभयो।यस्तै फरक प्रसंगमा बोल्दै नेपालको राजनितीमा अमेरीकाको हस्तक्षेप बढ्दै गएको महासचिव भट्टले बताउनुभयो।
राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला अध्यक्ष थम्मन केसीले संघर्षका कार्यक्रमको तयारीका लागि जिल्लाका ६वटै पालिकामा कार्यक्रम गर्ने बताउनुभयो।
कमेन्ट गर्नुहोस !