भेलुबाजेका गतिविधि रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सागर महत ,अर्घाखाँची ।
सामाजिक संजालमा भेलु बाजे भनेर चिनिएका प्युठानका मिनबहादुर बुढाका गतिविधि नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाइएको छ ।
प्यूठानको जुम्रिकाँढाका बुढालाई मदिरा सेवन गराई मात्तिने बनाएर अश्लिल हर्कतहरु गर्ने र समाजमा पाच्य नहुने शब्दहरुको प्रयोग गर्ने गरेको भन्दै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न माग गदै झिमरुक ३ प्युठानका सुवास जिसीले प्रमुख जिल्ला अधिकारी नेपाललाई ज्ञापन पत्र बुझाउनुभएको छ ।
पछिल्लो समय सामाजिक संजाल र युट्यूवमा मिनबहादुरका भिडियो भाइरल छन।सामाजिक संजाल माध्यमबाट छाडा शब्दहरु बोलेर र बोल्न लगाएर भाइरल हुने र बनाउने खालका अवाञ्छित गतिविधि नरोक्ने हो भने हाम्रा सामाजिक मुल्य र मान्यताहरुको गम्भीर दुर्घटना हुनेतर्फ ज्ञापन पत्रमा सचेत समेत गराइएको छ ।साथै अब देखि त्यस्ता गतिविधि गर्न लगाउनेलाई कानुनी कार्बाही गर्न माग गरिएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close