अर्घाखाँचीका यमलाल भुसाल बीमाको एमडिआरटी बन्न सफल भए

कमला पोख्रेल,सन्धिखर्क । अर्घाखाँची सन्धिखर्कका यमलाल भुसाल बीमाको क्षेत्रमा एमडिआरटी बन्न सफल हुनु भएको छ ।
जीवन बीमा क्षेत्रमा बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ एमडिआरटी बन्ने त्यहीललक्ष्य पुरा गर्न सन्धिखर्कका भुसाल सफल हुनु भएको हो ।व्यवसायिक बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी हो ।उनी बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) नामक संस्थाको सदस्य बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी अर्घाखाँची शाखा प्रमुख दिनेश सुनारले बताउनु भयो ।
अर्घाखाँचीमा रहेका विभिन्न विमा कम्पनी मध्ये हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता रहेका भुसालले एक बर्ष अर्थात सन २०२४ को जनवरी देखि डिसेम्बर सम्ममा ४६ लाख ९२ हजार रुपैयाँको विमा शुल्क संकलन गरेपछि एमडिआरटी बन्न सकिने प्रावधान थियोे ।
झन्डै ५० लाख विमा प्रिमियम संकलन गरेपछि उहाँ यो कम्पनीको लुम्बिनी प्रदेश टपर पनि बन्नु भएको छ ।सबैको साथ र सहयोगबाट सोचे अनुसारको लक्ष्य प्राप्त भएको र खुशी रहेको बताउनुभयो । यो आफ्नोलागि खुशीको क्षण भएको भुसालको भनाइ छ ।कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लुम्बिनी प्रदेशका जुना कुँवर, अर्घाखाँची शाखा प्रमुख दिनेश सुनार लगायतले मन्तव्य राख्दै बिमाको बारेमा जानकारी गराउनु भएको थियोे ।
कमेन्ट गर्नुहोस !