बैंकिङ्ग कसुर मुद्दामा अर्घाखाँचीकी एक महिला पक्राउ

सन्धिखर्क ।चेक बाउन्स अर्थात् बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ । मालारानी गाउँपालिका वडा नम्बर ५ बागीकी ३६ वर्षीया विमला खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।पैसा नभएको चेक काटेपछि बैकिङ्ग कसुर मुद्दामा अर्घाखाँची अदालतको फैसला अनुसार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका १२ नयाँगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

निज खड्काले गुल्मीको पुर्कोटदह घरभइ हाल रुपन्देहीको नयाँगाउँमा बस्दै आएकी ४५ वर्षीय मिना मगरसँग ४ लाख ३५ हजार ५ सय रुपैयाँ सापटी लगेकी थिइन् ।२०७९ साल चैत १ गते मिति राखेर मेगा बैंक लिमिटेड अर्घाखाँची शाखाको चेक काटेर दिए पनि बैंक खातामा सो बराबरको रकम नभएपछि चेक बाउन्स अर्थात बैकिङ्ग कसुर मुद्दामा मुद्दा चलेको प्रहरी नायव उपरिक्षक डीएसपी चक्रबहादुर मल्लले बताउनुभयो।
उनलाईअर्घाखाँची अदालतले गत जेठ ९ गते ३ लाख ८५ हजार ५ सय जरिवाना तिर्न फैसला गरेपनि उक्त रकम नतिरेर फरार रहेकी निज महिलालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो।
उनलाई प्रहरीले अर्घाखाँची अदालतमा पठाएकोमा अदालतले जिल्ला कारागारमा कैद भुक्तानीका लागि पठाएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close