छत्रदेवमा बालुवा चोरी गर्ने ट्याक्टरलाई ४० हजार जरिवना गरियो

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा अवैध रुपमा बालुवा चोरी निकासी गर्ने २ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।छत्रदेवको वडा नम्बर १ सोर्य खोलाबाट लु३त ८१९५ र लु३त ७९८४ नम्बरको ट्रक्याकटरलाई अबैधरुपमा वालुवा चोरी निकासी गरेको अवस्थामा बल्कोट प्रहरी चौकिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्र बहादुर मल्लले बताउनु भयो ।

पक्राउ परेका ट्रक्याकटरलाई छत्रदेव गाउँपालिका वडा नम्बर ३ बाट प्रति ट्याक्टर २० हजारका दरले २ वटाको ४० हजार जरिवाना गरी ट्रक्याकटर छोडिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक विष्णु प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close