नर्सिङ पढ्न १२ कक्षा पास हुनुपर्ने

काठमाडौँ। नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।यो सँगै नर्सको पढाइका लागि अब नयाँ मापदण्ड छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो ।
हाल कक्षा १० पास गरेपछि पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था छ । उक्त व्यवस्थालाई खारेज गर्दै कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने नयाँ व्यवस्था लागू गरिएको हो ।
नर्सिङ शिक्षाको दायरा फराकिलो बनाउने विषयमा अध्ययन गर्न गत वर्ष आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा सरला केसीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले १२ कक्षा उत्तीर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाइ सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो ।
कमेन्ट गर्नुहोस !