लुम्बिनीका मुख्यमन्त्री आचार्य र नवनियुक्त मन्त्रीहरूले शपथ लिए

बुटवल ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथआज लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्य र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको शपथ लिएलगत्तै प्रदेशका अन्य मन्त्रीहरूले पनि शपथ लिएका थिए।

नेपाली कांग्रेसबाट प्रचण्डविक्रम न्यौपाने, धनेन्द्र कार्की, बादशाह कुर्मी र सरोज थापाले मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरे।

त्यस्तै, एमालेबाट दिनेश पन्थी, भूमिश्वर ढकाल, सीता शर्मा र खेम सारूले शपथ लिएका छन्।
नवनियुक्त मन्त्रीहरूको कार्यविभाजन टुंगो लागेको छैन।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close