सन्धिखर्कले मलको उत्पादनदेखि वडागत उत्पादन कार्यक्रम संचालन गर्ने

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले रासायनिक मलले माटोमा पारिरहेको असर हटाउन प्राङ्गारिक मलको उत्पादन गरि किसानलाई वितरण गर्ने भएको छ ।नगरपालिकाबाट संकलन भएको कुहिने बस्तुबाट उत्पादन भएको मल किसानलाई वितरण गर्ने भएको छ । यस्तै नगरभित्र रहेका १२ वटै वडामा १ वडा एक फोहोर संकलन केन्द्र निर्माण गर्ने भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८१/८२को नीति तथा कार्यक्रमम सार्वजनिक गर्न बिहिबार गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो ।यस्तै एक वडा एक उत्पादन कार्यक्रम पनि संचालन गर्ने नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।यस्तै चक्लबन्दी,लिज खेती ,सामुहिक तथा करार कृषिलाई पोत्साहन गर्ने बताएको छ ।

पछिल्लो समय विदेशीने क्रममा रोक्न नसकेको अवस्थामा नगरपालिकाले विदेशबाट फर्किएका युवालाई सीप प्रदान गरी उत्पादन मुलक कार्यक्रममा जोड्ने कार्यक्रम संचालन गर्ने कार्यक्रम संचालन गर्ने भएको छ ।
पानीका मुहान सुक्न नदिनको लागि नगरपालिका भित्र रहेका प्रत्येक सामुदायिक वनमा एक पोखरी निर्माण गर्ने ,नगरपालिकाका मुख्य मुख्य क्षेत्रमा फिरी वाइफाई संचाालन गर्ने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

सदरमुकाम भएको नगरपालिका भएकाले ६ वटै स्थानीय तहलाई सहजहोस भनेर निर्माण गरिएको करोडौं लागतमा निर्माण भएको कोल्ड स्टोर अहिले संचालनमा छैन ।त्यसलाई संचालनमा ल्याइ कृषि उपच राख्नको लागि संचालन गर्ने निति सार्वजनिक गरेको नगर उपप्रमुख मिश्रा आचार्यको भनाइ छ ।
नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि १ अर्ब ७ करोड ११ लाख १७ हजार रूपैयाको बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close