छत्रदेव गाउँपालिकामा महिला स्वयंसेविकाको लागि नसर्ने रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका अन्तर्गत चिदिका स्वास्थ्य चौकी, बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र, दुन्द्रुक आधारभुत स्वास्थ्य केन्द्र, केरुङ्गा स्वास्थ्य चौकी, छत्रगन्ज स्वास्थ्य चौकी र भगवती स्वास्थ्य चौकीमा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

जेठ १७ गतेदेखि भगवती स्वास्थ्य चौकीबाट सुरु भएको कार्यक्रम बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा आएर सम्पन्न भएको हो ।६ वटा स्वास्थ्य संस्था अन्तर्गतका सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाइ सहभागी रहेको स्वास्थ्य शाखा प्रमुख बुद्वी राम न्यौपानेले जानकारी दिनुभयो । समुदायमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धि जनचेतना अभिबृद्दी गर्न सहयोग गर्ने विश्वास लिइएको बताउनुभयो ।


यस्तै कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत राजन पान्डे, स्वास्थ्य कार्यालय प्रमुख शिव नेपालीले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख बुद्धि राम न्यौपाने, हरि पोख्रेल तथा प्रकाश पोख्रेलको सहजीकरण तथा मेघराज न्यौपानेको सन्चालनमा सम्पन्न भएको थियोे । यसै गरि बल्कोटमा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख बुद्धि राम न्यौपाने, डाक्टर आरोग्य खनाल तथा मेघराज न्यौपानेको सहजीकरणमा सम्पन्न भएको थियोे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close