माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै

सन्धिखर्क ।माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ ।परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । एसईईमा देशभरबाट १० हजार ८ सय ६ विद्यालयबाट ५ लाख ४ हजार ४सय१४ परीक्षार्थी सामेल हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।त्यसमध्ये छात्र दुई लाख ५३ हजार ७२७ छन् भने छात्रा दुई लाख ५० हजार ७ सय ७२ र १५ जना अन्य सहभागी हुँदै छ ।
विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षालाई स्वच्छ व्यवस्थित र भयरहित वातावरणमा सञ्चालन गर्न र निर्धक्क रुपमा परीक्षा दिन बोर्डले आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस !