पाल्पामा १ युवती मृत फेला

पाल्पा। पाल्पामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहाकी १८ वर्षीया पदमा सुनार मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी हुन् ।बिहान नौ बजेतिर नुहाउन भनी घरबाट हिडेकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि एक किलोमटिरको पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृतक सुनारको हातको औला, पाखुरा र अन्य स्थानमा पनि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । घटनाबारे अनुसन्धानका लागि जिल्लास्थित प्रहरीको टोली र स्थानीय घटनास्थलमा पुगेको छ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी सुगन्ध श्रेष्ठले पनि धारितो हतियार प्रयोग भएको हुँदा हत्या भएको हुने सक्ने बताए । अनुसन्धान जारी रहेको हुँदा घटनाको पूर्ण विवरण आउन बाँकी रहेको श्रेष्ठको भनाइ छ ।
कमेन्ट गर्नुहोस !