अर्घाखाँचीमा पनि पछिल्लो समय गुन्द्री बुन्ने परम्परा कम मात्र देख्न पाईन्छ

सागर महत,सन्धिखर्क ।
पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री बिरलै देख्न पाइन्छ । परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, केहि ठाँउमा मृत्यु हुँदा समेत घाटमा नयाँ गुन्द्री लैजाने र जलाउने चलन पनि थियो ।
चारवटा किला गाडेर जुटको तानमा (साचो ) हतासो राखेर परालको गुन्द्री बुन्ने गरिन्छ ।धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि केही ठाँउमा कम मात्र देख्न पाइन्छ ।बस्नको लागि पनि गुन्द्री न्यानो हुन्छ ।
पछिल्लो समय कम लागतमा बजारमा प्लाष्टिकबाट बनेका गुन्द्री पाइन थालेपछि परालबाट बनेका गुन्द्रीको लागत भन्दा कम मुल्यमा पाउन थालेपछि पनि यसको महत्व हराउदै जान लागेको एक थरीको भनाइ छ,भने अर्का थरीको भनाइ नयाँ पुस्तामा यो पुरानो शैलीको गुन्द्री तयार गर्ने सिप सिक्न जागर नगर्नुको मुख्य कारण भएको अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ४ कि ७० वर्ष कटेकी गोपा रिजालको भनाइ छ ।
पहिला पहिला रातभर तान बाटेर गुन्द्री बुन्ने चलन थियो ।आजभोली बजारमा गुन्द्री बुन्नको लागि विभिन्न थरीका धागोहरु आएका छन ।त्यसमा पनि जागर नयाँ पुस्तामा नभएको उनको भनाइ छ ।जती सुविधा आयो मान्छोमा जागर हैराउँदै गएको गोपाको भनाइ छ ।ति विगतका दिन सम्झदै उनले भनिन अहिले जस्तो बजारमा धागो पाइने थिइएन ।
गाईभैंसीलाई घासमा प्रयोग हुने बाबियो बाटेर ताना बाटेर गुन्द्री बुन्ने चलन पनि रहेको थियो ।
बाबियाको डोरी नबनाए पनि जुटको डोरी प्रयोग गरेर हरेक वर्ष गुन्द्री बुन्दै आएको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराकी विस्नी भट्टराईले बताइन । ‘गुन्द्रीले धेरै न्यानो बनाउँछ। खाटमा होस् वा पलङमा हामी यसलाई ओछ्याएपछि मात्र बिस्तारा लगाउँछौँ,’ उनी भन्छिन्, ‘अहिले पनि यो नओछ्याई निद्रै लाग्दैन। नयाँ पुस्ताले परम्परागत वस्तुहरूको उत्पादनमा ध्यान नदिने हो भने मौलिक परम्परा संरक्षण गर्न कठिनाइ हुने उनले बताइन । बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । गाउँघरमा केहीले मात्र आफूलाई आवश्यक पर्ने गुन्द्री मात्र बुन्दै आएका छन् । पहिले पहिलेजस्तो चलन हराएको छ । परालबाट बुन्ने र यताउता लैजाँदा हलुका र झन्झट नहुने हुँदा यो अति नै उपयोगी हुने उनको भनाइ छ । गुन्द्री कोही ठाँउमा एक्लै बुन्छन,भने कोहि ठाँउमा २ जनाले बुन्ने चलन पनि रहेको छ ।
कमेन्ट गर्नुहोस !