गौतमबुद्ध विमानस्थल अगाडि सवारी दुर्घटना १ जनाको मृत्यु

रुपन्देही। रुपन्देहीमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । गएराति भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको दुर्घटनामा परी रुपन्देहीको मझगावास्थित मालपोत कार्यालयका मालपोत अधिकृत ४२ वर्षिय तिलक बहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृतक रावत रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर १ घर भइ हाल रुपन्देहीको कोटहीमाई गाउँपालिकावडा नम्बर ५ स्थित मझगावा मालपोत कार्यलयमा कार्यरत रहनु भएको थियो ।

भैरहवाबाट बनगाइतर्फ गइरहेको बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा मोटरसाइकल चालक रावतको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह बिष्टले जानकारी दिनुभयो ।कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close