राजावादीको आन्दोलनको क्रममा २ को मृत्यु, ३० घाइते

काठमाडौं । राजावादीको आन्दोलनको क्रममा तीनकुने क्षेत्रमै झडपका क्रममा एक जना र राजावादीले लगाएको आगोमा परि एक पत्रकारको मृत्यु भएको छ ।झडपमा परि मृत्यु हुनेमा कीर्तिपुर निवासी २९ वर्षीय सविन शर्मा रहेका छन्। झडपमा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको गृह मन्त्रालयले जानकारी दियो।

यस्तै राजावादीले तीनकुनेमा गरेको आगजनी परेर पत्रकार सुरेश रजकको मृत्यु भएको हो ।रजक एभेन्यूज टेलिभिजनमा क्यामराम्यानका रुपमा कार्यरत थिए ।
तीनकुने क्षेत्रमा भएको झडपमा परी ३० जना घाइते भएका छन्। गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर प्रहरीतर्फ १५ जना र प्रदर्शनकारीतर्फ १५ जना घाइते भएको जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close