अर्घाखाँचीमा दादुरा–रुबेला रोग विरुद्धको खोपको समन्वय समितिका प्रमुख कोइरालाद्वारा शुभारम्भ

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीमा आजदेखि दादुरा–रुबेला रोग विरुद्धको खोपको लगाउन सुरु भएको छ ।खोप अभियानको जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले शुभारम्भ गर्नुभएको छ ।
सोहि क्रममा बोल्दै उहाँले ६ वटै पालिकामा खोप अभियान सफल पार्नको लागि नजिकैको खोप केन्द्रमा पुगी बालबालिका लाई खोप लगाउनको लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।सन्धिखर्क नगरपालिकाको वडा नम्बर १ को बालमन्दिरको खोप केन्द्रको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
समन्वय समिति प्रमुख कोइरालाले खोप कार्ड प्रदान समेत गरेर अभियानको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले खोप अभियान सफल बनाउन आग्रह गर्नुभयो ।
जिल्लामा ९महिनादेखि ५ वर्ष मुनिका १२ हजार ८ सय २० जना बालबालिकालाई खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख शिव नेपालीले जानकारी दिनुभयो । जिल्लाभरमा ३सय ३१ खोप केन्द्र रहेको उहाँले बताउनुभयो ।
खोप अभियान फागुन १७ गते सम्म चल्ने छ ।कार्यक्रममा स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विक,सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली ,छायाँ अस्पतालका डा. प्रदिप जंग केसी,सन्धिखर्क नगरपालिका जनस्वास्थ्य निरिक्षक प्रकाश परियार,रेडक्रस अर्घाखाँची सभापति कुशल भुसाल लगायतको सहभागीता रहेको कार्यक्रम स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेश राज पौडे्लको संचालनमा सम्पन्न भएको हो।
कमेन्ट गर्नुहोस !