समुदायमा कांग्रेस कार्यक्रम शितगंगा १० र १२ मा सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १० र १२ मा समुदायमा कांग्रेस कार्यक्रम सम्पन्न भएको छ ।समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, जनताबाट आएका सुझावलाई कार्यान्वयनका लागि पहलकदमी लिने अन्तर्गतको कार्यक्रम भएको हो ।वडा नम्बर १० मा भएको कार्यक्रम वडा सभापति ढक प्रसाद पन्थीको अध्यक्षता नगर सदस्य बुद्वी पौडेलकोको संचालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रतिनिधिबाट नेपाली कांग्रेस जिल्ला सदस्य अशोक पौडे्लको सहभागीता रहेको थियो ।

यस्तै वडा नम्बर १२ मा भएको कार्यक्रममा मोहन बन्जाडे प्रमुख अतिथि रहेको कार्यक्रम सभापति यमलाल अर्यालको संचालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रतिनिधिबाट नेपाली कांग्रेस जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख सुर्य भुसालको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close