स्टेसनरी व्यवसायी संघ अर्घाखाँचीको अधिवेशन सम्पन्न, अध्यक्षतामा प्रदिप भण्डारीको११ सदस्यीय समिति गठन

प्रेमनारायण आचार्य ,सन्धिखर्क । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ अर्घाखाँचीको छैठौं साधारणसभा तथा सातौ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले प्रदिप भण्डारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समितिको गठन गरेको छ । जसको बरिस्ठ उपाध्यक्षमा ताराप्रसाद घिमिरे, उपाध्यक्ष लेखनाथ भण्डारी, सचिव दामोदर बन्जाडे, सहसचिव लक्ष्मण खड्का, कोषाध्यक्ष विनोद गैरे, सहकोषाध्यक्ष रामु केसी रहेका छन् । जसको सदस्यमा जीवन श्रेष्ठ, इन्द्रमणि बन्जाडे, काशिराम गैरे र गरिमा पोख्रेल रहेका छन् । लेखा समिति संयोजकमा रामलाल भुसाल रहनु भएको छ ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघका केन्द्रीय सदस्य द्रोण प्रसाद भुसाल, प्रदेश सदस्य शिव कुवर, पुर्व जिल्ला अध्यक्ष नेत्रप्रसाद भुसाल, सिद्धिप्रसाद भुसाल लगायतले मन्तव्य राख्नु भएको थियोे ।
कार्यक्रम नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघका अध्यक्ष उमेश घिमिरेको अध्यक्षता, लेखनाथ भण्डारीको स्वागत मन्तव्य र प्रदिप भण्डारीको सञ्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !