विना दर्ता चलेका अनलाइनलाई दायरामा ल्याउने बोर्ड सदस्य बेल्बासेको भनाइ

सागर महत, अर्घाखाँची।
प्रेस काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेल्बासेले अनलानलाई थप व्यवस्थित गर्न काउन्सिल निरन्तर लागेको, विना दर्ता चलेका अनलाइनलाई दर्ताको लागि ताकेता गरेको बताउनुभएको छ ।प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रकार आचारसंहिता जागरण कार्यक्रममा अन्तर्गत पत्रकार महासंघ अर्घाखाँची शाखाको संयोजनमा सन्धिखर्कमा भएको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो।

दर्ता बिना पनि अनलाइन संचालन गरेको पाएकाले ति मिडिया कानुनी दायरामा ल्याउन पहल समेत गर्ने बताउनुभयो। उहाँले काउन्सिलले गर्ने गरेको कारबाही र निर्णय, खण्डन ध्यानाकर्षण, क्षमायाचनाको निर्देशन, सचेतताको लागि पठाइने पत्रजस्ता विषयमा समेत सदस्य बेल्बासेले जानकारी गराउनुभएको हो ।

युट्युवलाई पनि व्यवस्थीत गर्ने विषयवस्तु आफुहरु लागि परेको काउन्सिल बोर्ड सदस्य शरदप्रसाद अधिकारीले बताउनुभयो।यसमा पनि विभिन्न उजुरी पर्ने गरेका छन ।हेरेर कारबाही गर्दै आएको भनाइ छ ।

काउन्सिलमा सबै सञ्चार माध्यमको अभिलेखिकरण हुने र अनलाइनमार्फत उजुरी दिन सकिने व्यवस्था गरिएको काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले बताउनुभएको थियो ।

 

यस्तै अर्घाखाँची जिल्लामा संचालित अधिकामश मिडियाहरु कोरोना पछि धराय सयमा पुगेको मिडिया संचालक तथा पत्रकारले गुनासो राखेका थिए ।हाल जिल्लामा संचालन भएका १० वटा रेडियो मध्ये नियमित रुपमा प्रसारण हुने रेडियोको संख्या ६ रहेको बताए । यस्तै १३ वटा अनलाइन लगायतका मिडियाहरु संचालनमा चुनौती थपिदै गएको बताएका हुन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, पत्रकार महासघं लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य,पुर्व अध्यक्ष शोभाखर पन्थी,हिम बहादुर जिसी लेकाली,लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो।


कार्यक्रम प्रेश काउन्सिलका बोड सदस्य शरद अधिकारीको अध्यक्षता पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालको स्वागत मनतब्य र सहसचिब हृदय कुमार भुसालको संचालनमा सम्पन्न भएको थियो हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close