अहिलेको सरकारले जनताको आशा जगाउने गरी काम गर्न आवश्यक छःसांसद गौतम

सन्धिखर्क ।नेपाली कांग्रेस अर्घाखाँचीको १०० दिने अभियान अन्तरगत भुमिकास्थान नगर पालिका कार्य समितिको आयोजनामा पोखेडाँडामा बृहत् भेला सम्पन्न भएको छ । कार्यक्रम को एक समारोहबीच नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य तथा सांसद सन्जय गौतमले उदघाटन गर्नुभएको हो।
कार्यक्रममा बोल्दै गौतमले समयमा पार्टीको महाधिवेशन हुनेमा शंका रहेको बताउनुभएको छ ।उहाँले समयमा पार्टीको महाधिवेशन हुनुपर्छ भन्ने आफूहरूको माग भएपनि समयावधि भित्रै महाधिवेशन हुने कुरामा आशंका रहेको बताउनुभयो।पार्टी सभापति जो भएपनि आफूहरूको चिन्ता समयमा आन्तरिक निर्वाचन हुनुपर्छ भन्ने रहेकोमा उनको जोड थियो। नेपाली कांग्रेस सम्मिलित सरकार सहि ढंगले प्रस्तुत हुन नसके देशले निकास पाउन नसक्ने भन्दै गौतमले दुई ठूला दलले जनतामा आशा जगाउने गरी काम गर्नुपर्नेमा उनको जोड छ।

कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेसका सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानले ’ नेपाली काङ्ग्रेस को नेतृत्वमा हरेक खालका आन्दोलन सफल भएको र काङ्ग्रेस को नेतृत्वमा बिकास निर्माणका काम हरु भएको तर काङ्ग्रेस नेता कार्यकर्ता लो त्यसको प्रचारप्रसार गर्न नसकेको बताउनुभयो ।कांग्रेस अर्घाखाँची सभापती केशब श्रेष्ठले गाउँगाउँमा गएर एकजुट भई संठन विस्तार एवं सुदृढिकरणमा लाग्न अगुवा कार्यकर्ता हरु लाई निर्देशन दिनुभयो ।

कार्यक्रममा पुर्व सभापति कमल प्रसाद भुसाल, लुम्बिनी प्रदेससदस्य शान्ता भन्डारी, अर्घाखाँची उपसभापति बिष्णु प्रसाद भुसाल, सचिब कृष्णप्रसाद खनाल अच्युत गौतम, सहसचिव कमल पौडेल नेपाली काङ्ग्रेस महासमिति सदस्य लेखनाथ पोख्रेल, महासमिति सदस्य तथा पुर्व सांसद निर्मला क्षेत्री , काङ्ग्रेस नेता यादब घिमिरे ,महाधिवेशन प्रतिनिधि सुर्य प्रसाद अधिकारी ,तारा प्रसाद श्रेष्ठ, लक्ष्मि श्रेष्ठ ,चन्द्रकला गैरे , जिल्ला सदस्य प्रवक्ता प्रेमनारायण बेल्वासे , लिलाराम गौतम, यमराज पान्डे हरि प्रसाद दमासे बैकुण्ठ थापा प्रदेस सभा १ का सभापति राजेस पन्थि २ का सभापति हेमन्त बेल्वासे लगायतका जिल्ला सदस्य हरुको उपस्थितिमा भएको कार्यक्रममा वडा नम्बर १ देखि १० सम्मका वाड सभापति हरु काङ्ग्रेस बाट निर्वाचित जनप्रतिनिधि हरु कांग्रेस का अगुवा कार्यकर्ता हरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रम भुमिकास्थान नगरपालिका कांग्रेस सभापति खडानन्द बेल्वासेको सभापतित्व मुकुन्द खनालको सन्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close