आगो ताप्नेक्रममा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाण्डौं ।सिन्धुपाल्चोकमा आगो ताप्ने क्रममा घर जल्दा एक जनाको मृत्यु भएको छ ।जिल्लाको बाह्रबिसेमा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसे नगरपालिका वडा नम्बर ८ का ४५ वर्षीय लोकबहादुर नेपाली मृत्यु भएको हो ।

घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किँदा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

लोकबाहदुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close