श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

काठमाण्डौं । दैलेखको नौमूले गाउँपालिका वडा नम्बर ४ मा श्रीमान् श्रीमतीबीच झगडा भइ कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ । कालिका गाउँका ३८ वर्षीय भीमबहादुरको मृत्यु भएको हो।
प्रहरीका अनुसार गएराति भीमबहादुर र श्रीमती ३५ वर्षीया सीता योगीबीच झगडा भएको थियो ।श्रीमान् भीमबहादुरले पहिला पिटेपछि सीताले पनि श्रीमानलाई पन्यूँ र दाउराले प्रहार गरेकी थिइन ।
सीतालाई प्रहरीले पक्राउ गरेको छ ।
कमेन्ट गर्नुहोस !