संविधान दिवसको पुर्व सन्ध्यामा सन्धिखर्कमा भलिबल प्रतियोगिता सम्पन्न

सागर महत, ,अर्घाखाँची ।
संविधान दिवसको पुर्व सन्ध्यामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता अर्घाखाँचीमा सम्पन्न भएको छ । सदरमुकाम सन्धिखर्कमा भएको प्रतियोगितामा जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी र पत्रकार गरी चार समुहको सहभागीता रहेको थियो ।
खेलको पहिलो खेल मै पत्रकारले जनप्रतिनिधिलाई पराजित गरेर पत्रकारको समूह फाइनल खेलमा प्रवेश गरेका हुन ।यस्तै दोस्रो खेल कर्मचारी र राजनैतिक दल बिच भएको थियो ।

यो खेलमा कर्मचारीले राजनैतिक दललाई पराजित गरेर कर्मचारी फाइनलमा प्रवेश गरेका थिए ।पत्रकार र कर्मचारी बिच भएको फाइनल खेलमा पत्रकारले २–१ को सेटमा कर्मचारीलाई पराजित गरेका हुन ।
२०३८ सालदेखि जिल्लामा विभिन्न दिवसको अवसरमा हुने मैत्रीपूर्ण भलिबल प्रतियोगितामा कर्मचारीले विजयी हासिल गर्दै आएकोमा यस पटक पत्रकार महासंघ अर्घाखाँचीको टिम विजयी भएर नयाँ रेकर्ड कायम गर्न सफल भएको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ऋषव अधिकारीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close