छत्रदेव गाउँपालिकाद्वारा व्यक्ति वा सार्वजनिक क्षेत्रमा असर गर्ने रुख हटाउन आग्रह

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले कुनै पनि व्यक्ति वा सार्वजनिक क्षेत्रमा असर गर्ने रुख हटाउन आग्रह गरेका छ ।व्यक्ति फर्म,सरकारी स्वामित्वमा रहेको घर जग्गा वा कुनै सम्पतिलाई असर पर्ने गरी लगाएका वा आफै हुर्किएका रुख विरुवा हटाउन सुचना जारी गरिएको प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले जानकारी दिनुभयो ।
सुचना प्रकाशन भएको मितिले १५ दिन भित्रमा साँध सिमानामा रहेका सँधियारलाई असर पु¥याएको रुख विरुवा हटाई दिन अनुरोध गरिएको बताउनुभयो।अन्यथा कानुन बमोजिम हुने समेत जनाएको छ ।
कमेन्ट गर्नुहोस !