सन्धिखर्कमा नेकपाका कार्यकर्ता र प्रहरी बिच धकेला धकेल

सन्धिखर्क। नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्कमा जनप्रर्दशन गरेको छ ।एमसिसी परियोजनाका विरुद्ध प्रदर्शनको क्रममा केहि बेर प्रहरी र नेपाल कम्युनिस्ट पाटीका कार्यकर्ता बिच धकेला धकेल भएको थियो ।

सन्धिखर्क नगरपालिका २ मा भएको कार्यक्रममा जिल्ला ईन्चार्ज खेम घर्ती माहुरीले एमसीसी नेपाली जनताको लागी नभई विदेशीको ईशारामा चल्ने शक्ति केन्द्रका अमेरिकी भक्तहरूले पास गरेको आरोप लगाउनुभयो ।प्रहरीले आफुहरु माथी दमन गरेको समेत आरोप लगाउनुभयो ।

जनप्रर्दशनमा ूजनतालाई एमसीसी चाहिँदैन,देश बेच्न पाईदैनू ठुलो राष्ट्र नभई स्वाधीन राष्ट्रको अनुभुति दिलाउनुपर्ने भन्दै नारा समेत लगाएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close