गणेश गौतम स्मृति प्रतिस्ठान द्वारा पहिरो पिडित परिवार लाई आर्थिक सहयोग

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ७ झन्द्रेक भेडावारीमा यही भाद्र १५ गते घर माथि बाट आएको पहिरोले घर, गोठ र ९ वर्षिय छोरी झरना सुनार लाई गुमाउने भएका जिबलाल सुनारको परिवार लाई गणेश गौतम स्मृति प्रतिस्ठान द्वारा दाजुको घरमा बस्दै आउनुभएका पहिरो पिडित जिबलालको परिवार लाई एक कार्यक्रमका बिच पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले आफ्ना स्व श्रीमान को नाममा संचालित गणेश गौतम स्मृति प्रतिस्ठान बाट पीडित परिवार लाई ३५हजारको आर्थिक सहयोग स्वरुप चेक हस्तान्तरण गर्नुभएको छ ।
सोहि क्रममा बोल्दै गौतमले स्व श्रीमानले समाजमा देखाएको मार्गदर्शन पुरा गर्न प्रतिस्ठान स्थापना गरिएको छ ।सोहि बमोजिम दिन दुखीलाई प्रतिस्ठान सहयोग गर्ने बताउनुभयो । प्रतिस्ठानका संरक्षक समेत रहनुभएकी गौतमले पिडित परिवारको लागि सबै क्षेत्रको सहयोगको आवश्यक रहेको बताउनुभयो ।यस्तै पहिरो पिडित जिबलाल सुनारका अनुसार ५ जनाको परिवार छ । गास,बास, कपास,सबै गुमेको छ । अहिले दाईको साहारामा बसेको छु ।यो सहयोगले केहि समयको लागि भएपनि दैनिकी चलाउन सहयोग हुने भन्दै संस्था लाई धन्यवाद दिदै सबै क्षेत्र बाट सहयोगको उपेक्षा रहेको उहाँको भनाई छ ।कार्यक्रम संस्थाका सचिव कमल ज्ञावलिले संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !