कांग्रेस क्षेत्रीय प्रतिनिधि तथा सन्धिखर्कका कार्यपालिका सदस्य रानाभाटको चारतारे झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण

सन्धिखर्क । सन्धिखर्क नगरपालिका १० गच्छेगैरा निवासी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा सन्धिखर्क नगरपालिका कार्यपालिका सदस्य सरस्वती देवी रानाभाटको निधन भएको छ ।
विहार घाटमा भएको श्रद्धाञ्जली सभामा उहाँको पार्थिव शरिरमा नेपाली कांग्रेसको चारतारे झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान), जिल्ला सभापति केशव श्रेष्ठ, प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला सचिव कृष्णप्रसाद खनाल, कोषाध्यक्ष विष्णु क्षेत्री ,नगर सभापति बाबुराम भुसाल लगायतले कांग्रेसको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । समाजसेवामा सक्रिय सरस्वती देवीको ६४ बर्षको उमेरमा निधन भएको हो ।

सन्धिखर्क नगरपालिकाका नगर पालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नन्दराम भट्टराई, मणिराम परियार, जिल्ला सदस्य यमराज पाण्डे, लिलाधर बस्याल, सन्धिखर्कका वडा अध्यक्षहरु माधव श्रेष्ठ, मोतिजंग रायमाझी, कृष्णप्रसाद श्रेष्ठ, श्रृधर महत्रा, चुराबहादुर केसी, हुम प्रसाद बन्जाडे, मोहनसिंह ठकुरी, चेतनारायण आचार्य, नारायण खड्का, वडा सदस्य चोपनारायण श्रेष्ठ , रेडक्रस सोसाइटीका जिल्ला सभापति कुशल भुसाल, कांग्रेसका वडा सभापति इश्वरी प्रसाद मरासिनी, नारायण खत्री, पुर्व वडा अध्यक्ष लक्ष्मीनारायण चुँदाली, एमालेका वडा अध्यक्ष ऋषिकेस भुसाल, कांग्रेस नेताहरू भेसबहादुर विसी, कमल बिक, दिपक अधिकारी, पुर्व जनप्रतिनिधि भेसराज क्षेत्री, समाजसेवी सहयोगी विसी, प्रेस युनियनका जिल्ला सचिव विष्णुप्रसाद खनाल लगायतले उहाँको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
श्रद्धाञ्जली कार्यक्रम प्रेम आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close