पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल ७.५ रुपैयाँ, डिजेल ६ रुपैयाँ र मट्टीतेल ५ रुपैयाँले घटाएको छ ।

साथै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close